सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही, असोज ३० । बुटबल उपमहानगरपालिकाका डेंगुबाट बढी प्रभावित वडा नं ६, ७, ८, ९, १०, ११ मा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान संचालन गरिएको बुटवल उपमहनरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा रेमश केसीले जानकारी दिए।
२०६७÷०६८ सालदेखि रुपन्देहीमा डेंगु देखिएपछि जनस्वास्थ्य कार्यालय र उपमहानगरपालिकाले प्रत्येक वर्ष डेंगु नियन्त्रण अभियान संचालन गर्दै आएका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालयका रुपन्देहीका भेक्टर कन्ट्रोल अधिकृत केदार शाहका अनुसार बुटबल भैरहवालगायतका क्षेत्रमा यसवर्ष ६१ जना डेंगुका विरामी फेला परेका छन्।
२०६७/०६८ मा २ सय ९० जनामा डेंगु देखिएकोमा चार जनाको मृत्यु भएको थियो।गत आर्थिक वर्षमा १ सय ६१ जनामा डेंगु फेला परेकोमा २ जनाको मृत्यु भएको थियो। तर यसवर्ष अहिलेसम्म डेंगु प्रभावितको मृत्यु नभएको शाहले जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा