सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोगादिसु, असोज २९ । सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको यहाँका स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् ।
अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विष्पोटका कारण अहिलेसम्म मृत्युहुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराउनुभयो ।
घटनामा गम्भीर घाइतेको सङ्ख्या अझै धेरै रहेकाले मृतक सङ्ख्या अझै केही बढ्नसक्ने अहाँले बताउनुभयो ।विष्पोटमा करिब २५० जना घाइते भएका र उनीहरूलाई राजधानीकै विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ । पछिल्ला केही महिना यता भएकामध्ये यो सवैभन्दा ठूलो आक्रमण भएको, अदेमले बताउनुभयो ।
घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्पोटका कारण होटेलका कैयाँ ढोका, झ्याल नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका वासिन्दाले बताए अनुसार विश्पोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए ।
सोमालियाली राष्ट्रपति मोहम्मद अव्दुल्लाही मोहमदले विष्पोटमा मृत्यु भएका व्यक्तिको सम्झनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएकोे छ ।
एकै पटक ठूलो सङ्ख्यामा घाइतेहरूको उपचार गर्नु परेकाले स्थानीय अस्पतालमा रगतको अभाव भएको श्वास्थ्य संस्थाले जनाएका छन् । विष्पोटको आइतबारसम्म कसैले पनि जिम्मा लिएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा