सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २९। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाएको छ ।
माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूचि दर्ता गरेका हुन् । प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजेभित्र नै सूचि दर्ता गरेको जानकारी दिनुभयो ।
“संविधानअनुसार सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सूचि बुझाइएको छ”, उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा देश प्रवेश गरेको छ । निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गराउन सबै वर्ग तथा क्षेत्रको उत्तिकै सहयोग र सद्भाव जरुरी छ ।”
प्रतिनिधिसभाको कुल २७५ स्थानमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद चयन हुनेछन् ।
यस्तै सातवटै प्रदेशमा प्रदेशसभाका लागि २२० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ । संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७/१७, जनजाति पुरुष र महिला १६/१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुई को सूची दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।
संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूचि बुझाइएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा