सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ असोज । कोटेश्वर-कलंकी सडक खण्ड सुधार गर्ने काम थालेको ४ बर्षभन्दा बढी भइसकेको छ ।
कामले गति लिन नसक्दा चार बर्ष बित्दा बल्ल आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर निरञ्जन शर्माले देशमा भएको प्रमुख घटना भूकम्प, नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको बताए ।
आयोजनाले काम सम्पन्न गर्न तोकेको म्याद सकिन अब ९ महिनामात्रै बाँकी छ ।
सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण सुरु गरेको निर्माण पक्षले विविध कारणवस काम गर्न नसकेपछि सन् २०१८ जुलाई ३१ भित्र काम सम्पन्न गर्न आयोजनालाई म्याद थप गरेको थियो । नेपाल समाचारपत्रमा खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा