सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिन्धुली, असोज २५ । चण्डीदल गण ठुलीटार व्यारेकमा कार्यरत एक सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको छ । कमलामाई नगरपालिका ७ ठुलीटारमा पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर व्यारेकमा कार्यरत सैनिक लोकेन्द्र अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डेरा नजिकै छिमेकी चिरञ्जीवी केसीको घरमा पानी तान्ने मोटर बिग्रिएकोले मर्मत गरेर जडान गर्ने क्रममा करेन्ट लागेर अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते अवस्थामा रहेका लोकेन्द्रको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आफन्तजनले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा