सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इटहरी, असोज २२ । सडक दुर्घटनामा परी यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका ११ वर्षीय रुपक थापा क्षेत्री रहेको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ख ३१८८ नंको यात्रुवाहक बसले शनिबार साँझ सोही दिशातर्फ जाँदै गरेको को८प ७४२५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने क्षेत्री गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धारनले जनाएको छ । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा