सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप, असोज २१। रामेछापमा एमालले दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा जाने सम्भावित ३४ जना उम्मेदवारहरुको नामावली सिफारिस केन्द्रमा पठाएको छ । बिहीबार र शुक्रवार गरी दुईदिनसम्म चलेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको वैठकले प्रदेश सभा चुनावका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली सिफारिस गरेको हो । एकहप्ता अघि बसेको एमाले सचिवालय वैठकले प्रदेशमा क्षेत्र नम्बर १ को लागि पुरुषोत्तम कडरिया र प्रदेश सभा क्षेत्र नम्बर २ को लागि एमालेका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिको सिफारिसको आधारमा प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्षतर्फ झम्क कँडेल, रत्नप्रसाद गौतम, राजेश श्रेष्ठ, होमवहादुर बुढाथोकी, ज्ञानकुमार श्रेष्ठको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिकतर्फ आनन्द श्रेष्ठ, किरण मोक्तान, कुमार कँडेल, तुलप्रसाद कँडेल, प्रेमकुमारी कार्की, राजकुमार मैनाली र हर्कमाया माझीको नाम सिफारिस गरेको छ ।
त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ कमला सुवेदी, शान्तिप्रसाद पौडेल, भोजराज कडरिया, जगन्नाथ दाहाल, उद्धव कडरिया, चित्रवहादुर कार्की, कुमार कार्की, अर्जुनकुमार कार्की, बुद्धिवहादुर कार्की र सीता केसीको नाम सिफारिस गरेको छ ।
त्यस्तै कमिटीले समानुपातिकतर्फ सुवास लामा, आसवहादुर तामाङ, दुर्गा श्रेष्ठ, महेशलाल प्रधान, गेली शेर्पा, गंगा कार्की, गीता कार्की, हेमकुमारी तामाङ, खडानन्द कडरिया, राजेन्द्रकुमार कार्की, पदमवहादुर खत्री र रुद्र फुयालको नाम सिफारिस गरिएको एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा