सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हिन्दु धर्ममा कार्तिक महिना अन्य महिना भन्दा केहि महत्वपूर्ण हुने गर्दछ। कार्तिक महिनामा पुजापाठ, ब्रत तथा स्नानको विशेष महत्व हुन्छ। हाम्रो समाजमा कार्तिक महिनालाई सबै भन्दा पवित्र महिना मानिन्छ। कार्तिक महिनामा तुलसी पूजा गरिन्छ र यसो गर्नु बहुत शुभकार्य मानिन्छ। तपाईलाई पनि जानकारी होला कि यो महिनामा मन्दिरहरुमा शालीग्राम तथा माता तुलसीको विवाह गर्ने गरिन्छ। यो कार्यलाई बहुत पुष्य कार्य मानिन्छ।
यदि तपाई पनि कुनै पनि समस्याको समाधानका लागि लाख कोशिस गर्दा पनि सफल नभएर हैरान हुनुहुन्छ अथवा तपाई जीवनमा धेरै समस्याले जेलिएर दुखी हुनुहुन्छ भने कार्तिक महिनामा तुलसीको पत्ता को सहारा लिनुहोस, किनकी कार्तिक महिनामा तुलसीको बोटमा माता लक्ष्मी तथा कुबेर को कृपा रहेको हुन्छ। यसले तपाईको सम्पूर्ण समस्याको समाधान गर्नेछ। आउनुस यसका बारेमा केहि थप जानकारी राखौः
यदि तपाईलाई जागिर मिलिरहेको छैन या जागरिबाट कुनै राम्रो गर्न सकिरहेको हुनुहुन्न भने यस्तो उपाय अपनाउनुसः बिहिबारको दिन तुलसीको बोटलाई पहेलो कपडाले बाधेर अफिस या पसलमा राख्नुहोस। यस्तो कार्य गर्नाले तपाईको कारोबार बढ्नेछ या जागिरमा प्रमोशन मिल्नेछ।
यदि तपाईको घरमा माता लक्ष्मिको अनुकम्पा छैन भने कार्तिक महिनामा तपाईको घरमा तुलसीको बोट लगाउनु का साथै श्रीहरि नारायणको चित्र या प्रतिमा राखेर तुलसीको ११ पत्ताले बाध्नुहोस। यस्तो कार्य गर्नाले तपाईको घरमा सम्पत्तीको कमि कहिल्यै पनि हुनेछैन।
धनप्राप्तीका लागि बिहान सबेरै उठेर तुलसीको ११ पत्ता तोड्नुहोस। तर यो कुराको ख्याल गर्नुहोस कि तुलसीको पत्ता तोड्नु भन्दा पहिले तुलसी माता सँग दुई हात जोडेर क्षमा माग्नुहोस। त्यसपछि तुलसीको पत्तालाई पिठो राख्ने भाडामा राख्नुहोस। यस्तो पिठोको प्रयोग गरेको केही दिनमै तपाईको घरमा केही परिवर्तन देख्नुहुनेछ अर्थात तपाईलाईधनलाभ हुनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा