सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दक्षिण भारतीय अभिनेता प्रभास एकाएक ‘बाहुबली’ बनेर चर्चित बने । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रुपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि ब्यापक बन्दै गएको छ ।
‘बाहुबली’ फिल्म फ्रेन्चाइजीबाट दुनियाँभरमा चर्चित भएका अभिनेता प्रभासले ‘बाहुबली’ को छवि तोड्न नचाहेको बताएका छन् । एक अन्तर्वार्ताको क्रममा उनले भने, “म यो छविलाई ताड्न चाहन्न । यस्तो अवसर जीवनमा एक पटक मात्र मिल्छ । मलाई यो अवसर मिल्यो र यसलाई आफ्नो साथ जीवनभर बचाएर राख्न चाहन्छु ।”
उनले अगाडि भने, “यो आश्चर्यजनक घटना हो, जुन मेरो जीवनमा घट्यो । कहिले-कहिले आश्चर्यचकित हुन्छ कि म ‘बाहुबली’को मुख्य पात्र थिएँ ।” यो फिल्ममा प्रभासका अलावा राणा दग्गूबाती, अनुष्का शेट्टी, राम्या कृष्णन, तमन्ना भाटिया र सत्यराज पनि मुख्य भूमिकामा थिए ।
फिल्मको सफलतापछि चर्चित भएका प्रभास अगाडि थप्छन्, “पूरै देशमा मलाई मानिसहरु चिन्दछन्, जसको मैले कल्पना पनि गरेको थिइनँ । हामीले सोचेका थियौ कि फिल्म राम्रो बनाउने छौ तर यति सफल हुनेछ भन्ने कुराको हामीले अनुमान पनि लगाएका थिएनौं ।” एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा