सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, असोज २०। सिरहाको कमला सिंचाई आयोजनाको पूर्वी नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका-५, घर भएका रविन वाइबाको १० वर्षका छोरा सम्भव वाइबा रहेको बन्दीपुर प्रहरीले बताएको छ । बिहीबार अपरान्ह कमला नदीको पूर्वी नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको आफन्तले बताएका छन् ।
सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीको पूर्वी किनारबाट निकालिएको नहरमा नुहाउने क्रममा बालक वाइबाको ज्यान गएको स्थानीय वासिन्दा राजेश विश्वकर्माले जानकारी दिए । बालकको शव लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा मा पोष्टमार्टमपछि घर ल्याइएको उनका आफन्तले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा