सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालले यु–१८ साफ च्याम्पियनसिप उपाधि नेपालले जितेको छ । अन्तिम खेलमा भारतलाई २–० ले पराजित गरी नेपालले उपाधी जितेको हो ।
भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा बुधबार सम्पन्न अन्तिम खेलमा नेपालले प्रतिद्धन्दी भारतलाई पराजित गर्दै उपाधिमा कब्जा गरेको हो ।
खेलको पहिलो हाफमै दोस्रो मिनेटमै नेपालका तर्फबाट दिनेश हेन्जनले पहिलो गोल गरी शुरुवाती अग्रता लिएको थियो भने दोस्रो गोल खेलको ३७ औँ मिनेटमा नै हेन्जनले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यसपछि भने दुबै पक्षबाट गोल भने हुन सकेन र नेपालले २–० ले उपाधिमा कब्जा गर्न सफल भएको हो ।
बुधबार नै भएको अर्को खेलमा बंगलादेश विजयी भएको थियो । बंगलादेशले आयोजक भुटानलाई २–० ले हराएको हो ।
राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा ४ खेल खेलको नेपाल ३ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै शीर्ष स्थानमा रहदै उपाधि उचालेको हो । बंगलादेशको पनि नेपालको जतिनै समान ९ अंक रहेपनि गोलको आधारमा नेपालले उपाधि उचालेको हो । च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भुटानसँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई २–० गोलले र तेस्रो खेलमा बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा