सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैंकक, असोज ११ । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको समाचार छ ।
बुधबार उहाँमाथि सो कारबाहीको फैसला सुनाइएको बताइएको छ । अदालतले उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । अदालतले सो फैसला सुनाउदा उहाँ अनुपस्थित हुनुहुन्थ्यो ।
‘आपराधिक हेलचेक्र्याइँ’ गरेको भन्दै थाइल्यान्डको सर्वोच्च अदालतले बुधबार यिङलकलाई जेल सजाय सुनाएको हो । धान अनुदान कार्यक्रममा करोडौं भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै अदालतले सजाय तोकेको हो ।
उहाँले सो आयोजनामा गरेको अनियमितताबाट कम्तीमा पनि ८ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ ।
उहाँमाथि यसअघिदेखि नै उक्त भ्रष्टाचार मद्दा जारी थियो । सोही मुद्दामा उहाँलाई दोषी ठहर गरिएको हो । उहाँ सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो ।
सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएको थियो । सोही निर्वाचनपछि उहाँ प्रधानमन्त्री बन्नुभएको हो । प्रधानमन्त्रीमा चुनिएकी उहाँको लोकप्रियता निकै बढेको पनि त्यस समय बताइएको थियो ।
तर उहाँको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उहाँलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो ।
अदालतको सो आदेशपछि उहाँमाथि पछि महाभियोग लगाइएको थियो । सो महाभियोगपछि उहाँ स्वदेशमै रहेका बेला सेनाले सत्तापलट गरेको हो । त्यसपछि उहाँलाई केही समय घरमै नजरबन्द गरिएको थियो ।
उक्त चामल अनुदान परियोजनामा भ्रष्टचार भएको भन्ने सबै आरोपहरूको उहाँले भने अस्वीकार गर्दै आउनुभएको छ । उहाँले केही दिनअघि दिनुभएको प्रतिक्रियामा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताउनुभएको थियो ।
.
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा