सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, असोज १० । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि आफ्नो दाबी रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले जिम्मेवारी दिए आफ्नो मुख्यमन्त्री बनेर प्रदेश बनाउने इच्छा रहेको बताए ।
थापाले भने–‘प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको छ ।’
‘स्पष्ट बहुमत कुनै पार्टीको नआउने भएकाले’ तालमेलमा जानसक्ने भएपनि छलफल आवश्यक रहेको उनले बताए ।
एक फरक प्रसंगमा पूर्वस्वास्थ्यमन्त्री थापाले चिकित्सकले कामै रोकेर आन्दोलन गर्नु राम्रो नरहेको बताए ।
आन्दोलनका स्वरुप अरु पनि हुनसक्ने बताउँदै उनले संवादबाट समस्याको समाधान निकाल्न आग्रह गरे । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा