सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ९ । नेपाली सेनाले दशैंको विजया दशमी टीकाको दिन असोज १४ गते शनिबार काठमाडौं उपत्यकामा निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ ।
सर्वसाधारणहरुको सुविधाका लागि विभिन्न आठवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । बस बिहान साढे ६ बजे, बिहान ११ बजे र अपरान्ह ४ बजे गरी तीनपटक आठवटा रुटमा छुट्टा–छुट्टै बस सेवा सञ्चालन गर्ने सेनाले सोमबार जानकारी दिएको छ ।
यस्तो छ नेपाली सेनाले सञ्चालन गर्ने बसको रुट
रुट नं.१- भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।
रुट नं.२- भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर।
रुट नं.३- भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।
रुट नं.४- भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली।
रुट नं.५- भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।
रुट नं.६- भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
रुट नं.७- भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
रुट नं.८- भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा