सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी, असोज ९ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिका– १०, चोरमारामा आइतबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
ना २ ख ८०२९ नम्बरको ट्रकले लु १३ प २५९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेका मध्यविन्दु नगरपालिका– १०, चोरमाराका २६ वर्षका लक्ष्मण कुमालको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक २८ वर्षका धु्रव रसाइली गम्भीर घाइते हुनुभएको छ । घाइते रसाइलीको भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा