सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज ८ । जिवन विमा कम्पनि मध्येको अग्रणि स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी (Best Managed Life Insurance Company ) अवार्डबाट पुरष्कृत भएको छ । न्यूबिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो ।
कम्पनीले गत आ.व. ०७३।७४ को अवधिमा बैदेशिक रोजगार व्यवसाय समेत गरि प्रथम बर्ष बीमाशुल्क आम्दानी करिब रु.४२१ करोड भन्दा बढि हासिल गरेको तथा कुल बीमाशुल्क आम्दानी करिब रु.१२.२२ अर्ब हासिल गरेको थियो । कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजारहिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा