सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ८ । कतारको अल जमान एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतासँगै कतारको ठूलो संजाल भएको अल जमानबाट कतारमा रहेका नेपाली कामदारले नेपालमा पैसा पठाउन तथा झिक्न सक्नेछन् । कतारमा रहने नेपालीले अल जमानमा रहेको ७ वटा भुक्तानी केन्द्रमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछने । साथै सो रकम नेपालको सिटीस्थित ५ हजार भुक्तानी केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।
सम्झौता पत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अज जमानका चिफ अपरेटिङ अफिसर जुविल अब्दुल रहिमानले हस्ताक्षर गरेका हुन् । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचानबनाउदै बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा