सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सर्लाही, असोज ८ । सर्लाहीको बरहथवा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँको मेयरमा माओवादीका देवानन्द महतो ७०३८ मत प्राप्त गरि विजयी भएका हुन् ।
उपमेयरमा पनि माओवादीकै सीतादेवी माझी ६४९९ मत प्राप्त गरी विजयी भएकी छन् । मेयरमा निकटतम प्रतिस्पर्धी निरन्जन प्रसाद दासले ५०२७ मत प्राप्त गरेका छन् भने उपमेयरमा कांग्रेसकी यशोदादेवी निरौलाले ५३९० मत पाएकी छन् ।
माओवादीले सर्लाहीका २० मध्ये ३ स्थानीय तह जितेको छ । यसअघि बागमती नगरपालिका र चक्रघट्टा गाउँपालिकामा माओवादीले जितेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा