सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुल्मी, असोज ७ । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर–११ भगारी खोलामा शनिबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रेसुंगा नगरपालिका-३ का बाबुराम पन्थी रहेका छन् ।
जिपचालक इस्मा गाउँपालिका–२ का डम्बर कुँवर गम्भीर घाइते भएका छन् । उनको तम्घास अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ ।
बुटवलबाट गुल्मी आउँदै गरेको बा११च ८८०३ नम्बरको जिप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ । जिपमा दुईजनामात्र थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा