सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेनेभा, असोज ६ । संयुक्त राष्ट्रसङ्घकी पहिलो यौनशास्त्र तथा लैङ्गिक समानता हेर्ने विज्ञले व्यक्तिगत कारण देखाउदै राजीनामा दिनुभएको छ । राष्ट्रसङ्घको मानवअधिकार परिषद्का प्रवक्ताले उहाँको राजीनामाको पुष्टि गर्नुभएको राष्ट्रसङ्घीय अधिकारीहरूले जनाएका छन् ।
अमेरिकाको पुरानो समाचारपत्रले प्रवक्ता रोनाल्डो गोमेजलाई उद्धृत गर्दै लेखेको समाचारमा आफ्नो श्रीमान् विरामी भएकाले राजीनामा दिनु परेको बताउनु भएको उल्लेख गरिएको छ ।
यौनिक तथा लैङ्गिक मामिला विज्ञ भिटीट मुन्टार्बोर्नले दिएको राजीनामा गत अक्टोबर ३१ मै लागु हुनेगरी दिइएको राष्ट्रसंघले शुक्रबार पुष्टि गरेको हो ।
गोमेजले शुक्रबार संबाददाताहरूसँग भन्नुभयो, “मुन्टार्बोर्न आफ्नो काममा सफल व्यक्तिको रुपमा चिनिनुहुनेछ ।” मुन्टार्बोर्न थाइल्याण्डकी नागरिक हुनुहुन्छ भने उहाँ गत बर्ष सेक्टेम्बरमा सो पदमा नियुक्त हुनु भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा