सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ५ । पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले काठमाडौंको नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरेको छ ।
आज नाकाहरुमा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका मन्त्री थारु नेतृत्वको टोलीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका बरामद गरेको हो ।
मरेको खसीबोकासँगै १३ वटा ज्युँदो खसीबोका पनि भेटिएको छ । दशैंमा काठमाडौंमा खसीबोकाको माग उच्च भएकाले मेरका खसीलाई मासुपसलहरुमा बेच्ने गरिएको आशंका गरिएको छ । यसअघि पनि नागढुंगाबाट पटक(पटक यस्ता मरेका खसी बरामद भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा