सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ५ । घटस्थापनाको अवसरमा बिहीबार सार्वजनिक बिदा भएपनि बैंकहरु खुलेका छन् । नेपाल राष्ट्र बैंकले दशैँको विदाका दिनहरुमा पनि खुला रहन बैंक तथा वित्तीय संस्थाहरुलाई सुचना जारी गरी निर्देशन दिएसँगै बैक तथा वितिय संस्थाहरु खुलेका हुन ।
राष्ट्र बैंकको निर्देशन अनुसार बिहीबार घटस्थापनाको दिन पनि बैंकहरु खुलेका हुन् । ७ गते शनिबार, ११ गते फूलपाती, १२ गते महाष्टमी, १५ गते एकादशी र १६ गते द्वादशीका दिन पनि बैंकहरु खुल्नेछन् । १३ गते महानवमी र १४ गते विजयादशीको दिन मात्र बैंक तथा वित्तीय संस्था बन्द हुने राष्ट्र बैंकले जनाएको छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्र पठाउँदै दशैँको सार्वजनिक विदाका दिन बैकिंङ कार्यालय खुला राख्ने व्यवस्था मिलाउन भनेको थियो । अघिल्ला दिनहरुमा जस्तै बैंकमा आजको पनि सेवाग्राहीको घुईंचो लागेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा