सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ५ । नेपाल प्रहरीले चाडवाडको समयमा यात्रुलाई ठगी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने बताएको छ । सर्वसाधारणहरुलाई सुरक्षित तरिकाले गन्तव्यमा पु–याउन प्रहरीले ठगी धन्दामा नियन्त्रण गर्ने बताएको छ ।
चाडवाड लक्षित सुुुरक्षा योजना सार्वजनिक गर्दै महानगरीय प्रहरी कार्यालयले टिकटमा कालोबजारी रोक्ने बताएको छ । कार्यालयले नक्कली टिकट ,डबल टिकट लगायतका यात्रुका समस्या समाधान गरि संम्लग्न व्यक्तिलाई कानुनी दायरामा ल्याईने बताएको छ ।
सादा पोशाकमा प्रहरी परिचालन गरि मिटर ट्याक्सीबाट यात्रुहरु ठगिएको पाईएमा चालकलाइ कारबाही गरिने बताइएको छ । साथै लामो दुरीमा एक जना मात्रै चालक भएको समयमा दुर्घटना बढ्न सक्ने भएकोले दुइ जना चालकको अनिवार्य व्यवस्था गर्न सरकारवालासंग समन्वय गरि चेकजांच बढाइने जनाइएको छ ।
छतमा यात्रु राख्ने कार्यलाई निरुत्साहित गरिने कार्यालयले बताएको छ । उपत्यका वाहिरिने यात्रुहरुको लागि उपत्यकका १२ स्थानमा यात्रु सहायता केन्द्रबाट सहायता उपलव्ध गराइने बताइएको छ । यात्रुहरुसंग बढि भाडा लिएको लिए–नलिएको चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा