सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ४ । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई १० वर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्न प्रस्ताव पेस भएको छ ।
यी सवारी साधननै वायु प्रदुषणको मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प प्रस्ताव पेस भएको हो । वातावरणविदहरुका अनुसार काठमाडौंमा वायु प्रदुषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धुँवाले ओगटेको छ ।
कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संसदमा प्रस्ताव दर्ता गराएका हुन् । उनले काठमाडौं उपत्यकामा सन् २०२७ सम्ममा र नेपालबाटै सन् २०३१ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन पूर्ण रुपमा विस्थापित गरी विद्युतीय गाडी प्रयोगमा ल्याउने संकल्प घोषणा माग गरेका छन् ।
पछिल्लो समयमा धेरै मुलुकले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन निषेध गरिसकेका छन् । छिमेकी मुलुक भारतले समेत सन् २०३० सम्ममा आफ्नो मुलुकमा बिक्री हुने सम्पूर्ण साना सवारी साधन विद्युतीय हुने भनेर घोषणा गरिसकेको छ । –कान्तिपुर दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा