सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फलेवास, असोज ३ । हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याइएका भेडा च्याङ्ग्रा सोमबार बाटोमै मरेका छन् ।
दशैँ र तिहारका लागि लक्षित गरी पोखरा लैजाँदै गरेका करिब ६० भेडा च्याङ्ग्रा बाटोमै मरेका हुन् । पोखराका व्यापारी प्रवीण अधिकारीले ल्याएका च्याङ्ग्रा एउटै ट्रकभित्र जबर्जस्ती कोचिएका कारण मरेका हुन् ।
अधिकारीले रु २२ लाखको लगानीमा १३० भेडा च्याङ्ग्रा ल्याएको बताउनुभयो । उहाँले पाँच दिन लगाएर उपल्लो मुस्ताङबाट भेडा च्याङ्ग्रा ल्याएको बताउनुभयो । च्याङ्ग्रा मरेपछि अधिकारीको झण्डै रु १० लाखभन्दा बढी नोक्सान भएको छ । अन्य च्याङग्रा पनि अस्वस्थ छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा