सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डडेल्धुरा ,असोज २ । वर्षात्का कारण अवरुद्ध भएका डडेल्धुराका ग्रामीण सडक सञ्चालन भएका छन् । वर्षात्को समयमा बिग्रिएको सडक मर्मतका साथै पहिरो हटाएपछि करिब डेढ दर्जन ग्रामीण सडक सञ्चलन भएका हुन् । बगरकोट शिराड, ढिमौला भद्रपुर, ढिमौला चिपुर, उग्रतारा मेलौली, अनार खोली देवललगायत डेढ दर्जन ग्रामीण सडक खुलेसँगै यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् ।
वर्षात्को समयमा पहिरोका साथै सडक भत्किँदा जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका थिए । सडक खुलेसँगै जिल्लाका सम्पूर्ण ग्रामीण सडक यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् ।
दशैँ तिहार नजिकिएसँगै यातायातका साधन सञ्चालनमा आउँदा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज हुनाका साथै स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । सडक सञ्चालन भएसँगै यातायात सञ्चालनमा सहज भएको जिल्लास्थित यातायात व्यवसायीले बताएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा