सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असोज २। डेरा सच्चा सौदा प्रमुख राम रहीमकी प्रियपात्र हनीप्रीतका काला कर्तूतहरू दिनदिनै खुलासा भइरहेका छन् । हनीप्रीतकी साथी तथा पूर्वसाध्वीले गरेको खुलासाअनुसार हनीप्रीत राम रहीमकी मानेकी छोरी थिइनन् । उनी त पत्नी जस्तो गरी बस्थिन् र एउटै खाटमा सुत्थिन् । कारमा समेत उनीहरूले ओछ्यान राखेको आफूले देखेको साथीले दाबी गरिन् ।
डेराकी पूर्वसाध्वीका अनुसार जिम ट्रेनरसँग हनीप्रीतले एकचोटि भनेअनुसार उनी कहिल्यै थाक्दिनन् किनकि उनमा पापाजी अर्थात् राम रहीमको आशीर्वाद छ । पूर्वसाध्वीले खुलासा गरेअनुसार हनीप्रीत एक खास गुलाबी रंगको रक्सी पियाएर युवतीहरूलाई बेहोश पार्थिन् । उनी रक्सीमा केही नशालु पदार्थ मिसाउँथिन् जसका कारण युवतीहरू अर्धचेत अवस्थामा राम रहीमको खाटमा पुग्थे ।
हरियाणा प्रहरी अहिले हनीप्रीतको खोजी गरिरहेको छ । बाबालाई जेलमा छोडेपछि उनी भागेर नेपाल आएको बताइएको छ ।
प्रहरीले उनको खोजीमा बिहारका कैयौं जिल्ला तथा नेपालको सिमानामा खोजी अभियान चलाएको छ । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा