सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इरान, असोज १ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले अमेरिकाले इरानसँग सन् २०१५ मा गरेको आणविक सम्झौतालाई उल्लंघन नगर्न चेतावनी दिएका छन ।
सर्वोच्च नेता खामेनीले आइतबार अमेरिकाले आणविक सम्झौतालाई उल्लंघन गर्ने बाटोमा लाग्नु भनेको ‘साँच्चै निन्दनीय’ कार्य हुने र यसतर्फ अमेरिकी प्रशासन सचेत बन्न चेतावनी दिएका हुन् ।
‘अमेरिकी प्रशासनले आणविक सम्झौताबारे भएको ‘संयुक्त बृहद् कार्ययोजना’ लाई लागू गर्ने कुरामा आनाकानी गर्नु वा सम्झौताको उल्लंघन गर्नु अमेरिकी ‘अनैतिक तथा दुर्भावनापूर्ण व्यवहार’ हो,’ खामेनीले भने ।
उनले अमेरिकी प्रशासनलाई वास्तवमै द्वेषपूर्ण भावनाबाट अघि बढ्न चाहेको भनी आलोचना गर्दै भने, ‘अमेरिकी राष्ट्रपतिले हालै इरानविरुद्ध प्रस्ताव गरेको प्रतिबन्ध यसैको परिणाम हो ।’सिन्ह्वा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा