सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,१ असोज । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडका अध्यक्ष चन्द्र टण्डनले नेपाल राष्ट्र बैंक, बैंक तथावित्तिय संस्था नियमन विभागका प्रमुख श्री नारायण प्रसादपौडेल समक्ष भदौ ३० गते पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो ।
बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ माभएको व्यवस्थाबमोजिम सम्पन्नभएको उक्त सपथग्रहणको अवसरमा बैंक तथावित्तिय संस्था नियमन विभागका अन्य पदाधिकारीहरु लगायतकम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव गोपाल घिमिरेको पनि उपस्थिति रहेको थियो ।
कम्पनीको हालै सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट नयाँ लगानीकर्ताहरुको तर्फबाट संचालकमा निर्वाचित हुनुभएका टण्डनलाई उक्त संस्थाको संचालक समितिले अध्यक्षमा चयन गरेको थियो ।
नयाँ लगानीकर्ताहरुको प्रवेश पश्चात थपपूँजी लगानी गरी नेपाल राष्ट्र बैंकबाट तोकिए बमोजिम न्यूनतम पूँजीकोष कायम गराई संस्थालाई समस्याग्रस्त अवस्थाबाट छुटकारा दिलाउने प्रकृया शुरु गरिएको जानकारी पनि टण्डनले दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा