सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
५० भन्दा बढी फिल्ममा अभिनय गरेकी झरनाका लागि फिल्म ‘ए मेरो हजुर’ टर्निङ प्वाइन्ट बनेको थियो । सोही फिल्मबाट नायिकाको रुपमा स्थापित भएकी झरनाले ‘ए मेरो हजुर’बाट थुपै अवार्ड आफ्नो पक्षमा पनि पारेकी थिइन् । जुन फिल्मले स्टार नायिका बनायो त्यही फिल्मको नेम सिक्वेलबाट झरनाले निर्देशनमा हात हालिन् । उनी निर्देशित ‘ए मेरो हजुर २’ डेब्यू फिल्म हो ।
भाद्र १६ गते झरना निर्देशित फिल्म ‘ए मेरो हजुर २’ हलमा लागेको थियो । प्रदर्शनको तीन दिनमा नै लगानी सुरक्षित गरेको फिल्मबाट झरनाले आफूलाई नायिकासँगै निर्देशकको रुपमा पनि हिट सावित गरिन् ।
स्रोतका अनुसार, फेरि झरना अर्को नयाँ फिल्म निर्देशन गर्ने तयारीमा छिन् । उनले ‘ए मेरो हजुर २ को सिक्वेल अर्थात्, ‘ए मेरो हजुर ३’ निर्देशन गर्ने चर्चा छ । तर, यस विषयमा कुनै औपचारिक जानकारी प्राप्त भएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा