सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संखुवासभा, असोज १ । पानीसँगै आएको चट्याङ लागेर खाँदबारी नगरपालिका– ६ पाङ्ठामा एक जनाको मृत्यु भएको छ ।
आज राति ११ बजे परेको चट्याङ लागेर ४५ वर्षीया हर्कमाया तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले बताउनुभयो ।
पानी परेसँगै गड््याङगुडुङ गरेपछि बिजुली निभाउन जाने क्रममा उनलाई चट्याङ लागेको थियो । जिल्ला अस्पताल खाँदबारीमा शव परीक्षण गरिएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा