सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सरकारले कालोसुचीमा राखेको कम्पनीको पक्ष लिँदै नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसँग स्पष्टीकरण सोधेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्पेनिस कम्पनी सान होसेलाई कालो सूचीमा राखेको सुचना गत असार २८ गते निकालेको थियो ।
मन्त्री देवले महानिर्देशक गौतमलाई सोधेको स्पष्टीकरणमा सान होसेलाई वार्ता , समन्वय गरी सहजीकरण गरेर काम लगाउनुपर्नेमा ठेक्का सम्झौता रद्द गरेर आयोजनाको लागत र समय बढाएको आरोप लगाएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तार कार्य चित्त नबुझेपछि प्राधिकरण संचानल समितिले २०१६ डिसेम्बर २७ मा स्पेनिस कम्पनी सान होसेसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।
ठेक्का सम्झौता रद्द गरेपछि प्राधिकरणले उक्त कम्पनीबाट ‘पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानी जफत गरेको थियो । -नागरिक दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा