सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापासँग अदालतको अवहेलनासम्बन्धी स्पष्टिकरण मागेको छ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार थापासँग अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश दिएको हो।
लोकतन्त्र दिवसको अवसरमा गत बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक निकायहरूमा गरिएको पदाधिकारी नियुक्ति विवादमा सर्वोच्च अदालतले ‘डिल’ गरेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त टिप्पणीलाई लिएर अदालतको गरिमा र निष्पक्षतामा आँच पुग्ने भन्दै अधिवक्ताहरू अनन्तराज लुईटेल, प्रतिभा उप्रेती र विशाल थापाले थापाविरुद्ध सर्वोच्चमा अदालत अवहेलनासम्बन्धी रिट दायर गरेका थिए।
रिटमा भनिएको छ, “थापाले सार्वजानिक कार्यक्रममा संवैधानिक निकायहरूको नियुक्ति प्रक्रियामा सर्वोच्च अदालतले ‘डिल’ गरेको भनी टिप्पणी गरेर न्यायालयको मर्यादा, निष्पक्षता र स्वतन्त्रतामाथि आक्रमण गरेका छन्।”
गगन थापाले दिएको अभिव्यक्तिपछि सार्वजनिक चासोको विषय बनेको यो मुद्दा अहिले संवैधानिक बहसको केन्द्रमा पुगेको छ। अधिवक्ताहरूको दाबी अनुसार, संवैधानिक निकायका नियुक्ति सम्वन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा हुँदा यस्तो टिप्पणी गर्नु अदालतको प्रक्रिया र स्वतन्त्रताको उल्लङ्घन हो।
यसैबीच, सर्वोच्च अदालतमा हाल विभिन्न संवैधानिक निकायहरूमा नियुक्त गरिएका ५२ पदाधिकारीहरूको नियुक्ति वैधानिकता विषयक मुद्दा विचाराधीन अवस्थामा रहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा