सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभैई इमानको राजनीति गर्ने बताएका छन् ।
आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको बताएका हुन् ।
‘हामी सचेत छौँ । हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो । भ्रष्टाचारको राजनीति हैन, पैसा कमाउनको लागि, पदको दुरुपयोग गर्नको लागि, आफन्तको बन्दोबस्थ गर्नको लागि, आफ्ना मान्छे जागिर खुवानको लागि हैन । सामाजिक परिवर्तनको लागि प्रयास गरिरहेका छौँ भन्ने कुरा हामीले कहिलेपनि हेक्का छोड्नुहुँदैन,’ उनले भने ।
मदन भण्डारीलाई सम्झँदै उनले मदन भण्डारी फाउण्डेशनले जनताको बहुदलीय जनबादलाई प्रक्रिदै ढृणताका साथ अघि बढ्ने बताए । उनले फाउण्डेशनले मदन भण्डारीको विचारलाई जोगाइराख्ने बताए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा