सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ ।
आज अपरान्ह गोलबजार चोकमा एकत्रित भएका तरुण दलका युवाहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पूर्व पश्चिम राजमार्ग समेत केही समयका लागि अवरुद्ध बनाएका थिए ।
लिङदेन विरुद्ध चर्का नारावाजी गर्दै तरुण दल समर्थित युवाहरुले संसद भवनमा झुटा वयान दिएर नेपाली कांग्रेसका एक प्रतिष्ठित नेताको बदनाम गर्ने काम गरेको भन्दै आक्रोस पोखेका थिए । तरुण दलका युवाहरु लिङ्देनको पुतला दहन गर्दै कोण सभा पनि गरेका थिए । तरुण दलका नेता अरविन्द मण्डलको नेतृत्वमा सो विरोध कार्यक्रम भएको थियो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा