सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गंगा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताएका हुन्।
उनले भने, ‘ शिक्षकलगायतको जायज माग पूरा गर्न र शिक्षकहरुलाई विद्यालय फर्काउन सरकारसँग म जोडदार माग गर्दछु । आज सरकारको असक्षमताले सबै क्षेत्रमा अस्तव्यस्तता र आन्दोलन भइराखेको छ । ओली सरकारमै रहेका महत्वपूर्ण नेताहरुले सार्वजनिक रुपमै यो सरकार असफल भएको र राजीनामा दिनुपर्छ भनिरहेका छन् । चौतर्फी असफलताको घेराबन्दीमा परेको इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन ।’
साथै उनले सरकारले शिक्षकहरुको माग सम्बोधन गर्न तयार नहुँदा देशभरका बालबालिकाले पढ्न नपाइरहेको बताए । उनले लाखौं विद्यार्थीको भविष्यमाथि ओली सरकारले जानाजानी खेलबाड र मजाक गरिराखेको बताए।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा