सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनमा भएका उल्झनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताएका हुन् ।
उनले भने, ‘हाल फेसबुक बन्द हुने की नहुने भन्ने चर्चा अलिकति धेरै नै व्यापक छ । तर मुख्य कुरा प्रष्ट छ मेटा नेपालमा दर्ता हुनैपर्छ । आज फेसबुक, मेसेन्जर सबै सामाजिक सञ्जाल नेपाली जनताको सञ्चार,चाहना, उद्योग र अभिव्यक्तिको आधार बनेको छ । त्यसैले मेटालाई नेपालमा दर्ता गराउनुपर्छ । विदेशी कम्पनिहरुले नेपालको कानुन र नीतिलाई सम्मान गर्नुपर्छ भन्ने कुरामा कुनै पनि दुईमत छैन । तर हाम्रो कानुन र नीतिमै उल्झनहरु छन् भने सो को समाधान नगरी चेतावनी मात्रै दिने हो भने त्यो लाजमर्दो हुन्छ । मेटा अन्य देशमा दर्ता भैइरहँदा नेपालमा किन तर्किरहेको छ । यसको गहिरो छानविन होस् । यो मेटासँगको वर्ता केवल कम्पनीसँगको मात्रै वार्ता होइन यो त सिंगो नेपालको डिजिटल भविष्य बारे अन्तर्राष्ट्रय जगतलाई दिने सन्देश हो । त्यसैले सरकारले संयमता, गम्भिरता र कुटनीतिक कौशल प्रदर्शन गरोस् । एक दिन सात दिनको धम्की शैली त्यागेर दिर्घकालिन सोच र व्यवहारीक उपाय अगाडि सारोस् । डिजिटल युगलाई अपनाउने हो भने युगसँगै सिक्नुपर्छ युगलाई तर्साएर होइन ।’
साथै उनले सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । केही दिन अघि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा ७ दिनभित्र नेपालमा दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा