सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । भारतको विहार राज्यका क्याविनेट मन्त्री केदार प्रसाद गुप्ताले नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन विहार सरकार सदैव तत्पर रहेको बताएका छन् ।
शनिबार धनुषा आयोजित जनकपुरधाम नगर समिति र युवा समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले नेपालको विकासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सदैव सकारात्मक रहेको बताए ।
उनले विहारका मुख्यमन्त्री नितीस कुमारले पनि नेपालको विकासका लागि यहाँका नेताहरुसंग निरन्तर वार्ता गर्ने गरेको जानकारी दिए । उनले समाजको आर्थिक, राजनितिक, समाजिक र शैक्षिक उत्थानका लागि सबै जना संगठित हुनु आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले सम्पूर्ण जातजाती, भाषा भाषीलाई एकजुट भएर विकासोन्मुख राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।
उनले नेपाल र भारतको विकास एक अर्काविना सम्भव नहुने जनाउँदै दुवै देशका सरकारलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
मन्त्री गुप्ताले नेपाल अहिले पनि संसारमै एक मात्र हिन्दू राष्ट्र भनेर चिनिने गरेको बताए । उनले नेपालको यस पवित्र भूमिमा आफू आएकोमा गर्व महसुस गरेको उल्लेख गरे ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा