सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनकुटा (सङ्गुरीगढी) । खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पु¥याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
आज धनकुटा स्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै उनले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पु¥याउने लक्ष अनुसार तीब रुपमा काम भइरहेको बताएका हुन् ।
उनले भने, ‘हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौँ । आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका–१ र २ वडाका बासिन्दाहरूका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात गरेको छ ।’
यसैगरी मन्त्री यादवले आज शिलान्यास गरिएको आयोजनाले यहाँका बासिन्दाहरूको दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको तथा यसले खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्नेछ भन्ने आफुले विश्वास लिएको जानकारी दिए ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच संविधानअनुसारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरि जनताको अधिकार सुनिश्चित गर्ने सङ्कल्प रहेको मन्त्री यादवले बताए ।
उनले भने, ‘सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने सरकारको अठोट अनुसार, देशभरिका दुर्गम, ग्रामीण तथा पिछडिएको क्षेत्रहरूमा गुणस्तरीय खानेपानी पहुँच पु¥याउने लक्ष्यमा हामी अग्रसर छौँ । यो आयोजना त्यही लक्ष्यतर्फको ठोस पाइला हो ।’
दीर्घकालीन दृष्टिकोणसहित सञ्चालनमा ल्याइने यो आयोजना सरकारले नागरिकप्रतिको उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धताको स्पष्ट प्रमाण भएकाले अब हाम्रै सहभागिता, सहकार्य र निगरानीले मात्र यसको सफल कार्यान्वयन सम्भव हुने उनको भनाई छ ।
आफुले नेपाल सरकारको खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिवद्ध रहेको मन्त्री यादवले जानकारी दिए ।
‘सह–लगानी मोडेललाई सरल र जनमैत्री बनाउने पक्षमा नीति परिमार्जन गर्दै ८५ ÷ १५ मा रूपान्तरण गरिसकेको छु । विकट, दुर्गम, सीमान्तकृत समुदायमा विशेष प्राथमिकता दिन म निरन्तर लागिपरेको छु,’ उनले भने ।
देशभरिका खानेपानी योजनाहरूको स्थलगत निरीक्षणमा आफु हरेक ठाउँमा पुगिरहेको तथा समस्या बुझ्न, समाधान खोज्न, र योजनाहरूलाई गति दिन लागिपरेको उनले बताए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा