सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स सेवालाई अझ सहज, सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित प्रतिष्ठित संस्था अल मुजैनी एक्सचेन्ज सँग औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
कुवेतको प्रतिष्ठित होटल मिलेनियम साल्मियामा आयोजित विशेष कार्यक्रमबीच माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र अल मुजैनी एक्सचेन्जका महाप्रवन्धक Mr. Hugh Fernandesले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो।
कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन के.सी, कुवेतस्थित नेपाली दूतावासकी कार्यबाहक राजदूत सुजनी राणा, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, विभिन्न संघसंस्थाका प्रतिनिधि र कुवेतमा कार्यरत नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस सम्झौता अनुसार कुवेतमा रहेका नेपालीहरूले अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन्। उक्त रकम माछापुच्छ्रे बैंकका १६५ शाखाहरू, ९९ शाखारहित बैंकिङ्ग सेवा केन्द्रहरू, ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ।
बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिट्यान्स रकम नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि मिलाएको छ।
सोही अवसरमामाछापुच्छ्रे बैंकले आफ्नो नयाँ कभर गीत सार्वजनिक गरेको छ। उक्त गीत बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गर्नुभएको हो। गीत सार्वजनिक गर्ने कार्य बैंकका अध्यक्ष रोशन के.सी र कार्यबाहक राजदूत सुजनी राणाले संयुक्त रूपमा गर्नुभएको हो। अब यो गीत बैंकका सबै सामाजिक सञ्जालहरूमा प्रशारण गरिनेछ।
माछापुच्छ्रे बैंकले नेपालभर १६५ शाखा, ९९ शाखारहित सेवा केन्द्र, ११ एक्सटेन्सन काउण्टर तथा २०४ एटीएममार्फत १७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ। बैंक नयाँ प्रविधिमा आधारित सेवा विस्तारमा निरन्तर सक्रिय रहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा