सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ । वृन्दावन नगरपालिका–७ बस्ने १४ वर्षीय कृष्ण प्रसाद यादवको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बालकको शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार बालकको शव शुक्रबार बिहान
पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा शवको पेट र कन्चटमा गहिरो चोट देखिएको र धारिलो हतियार प्रयोग भएको हुन सक्ने आशंका गरिएको उनको भनाइ छ । घटनासम्बन्धी थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा