सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयकलगायतका धेरै महत्वपूर्ण विधेयकहरुलाई छिटो भन्दा छिटो अगाडि बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २४ दिनसम्म सडकमा रहेका शिक्षकहरुको आवाज सरकारले नसुनेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘छिटोभन्दा छिटो भूकम्प पीडितहरुलाई राहत, क्षतिपूर्ति र पुर्नस्थापनाको व्यवस्था गरियोस् । बजेट अधिवेशन भएपनि धेरै विधेयकहरु थुप्रिएका छन् । त्यसमध्ये विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक लगायतका धेरै महत्वपूर्ण विधेयकहरुलाई छिटो भन्दा छिटो अगाडि बढाउनुपर्ने छ । विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाव दिने उदेश्यले शिक्षकहरु आन्दोलनको मोर्चामा छन् । २४ दिन भैइसक्यो, २४ दिनसम्म पनि शिक्षकहरुको आवाज सरकारले सुनिरहेको छैन । कानमा तेल हालेर बसिरहेको छ । सरकारले आन्दोलनलाई कुहाउने प्रयत्न गरिरहेको छ । शिक्षकका आवाजहरु सुनिएका छैनन् । तपाईं हामी सबैका गुरुहरु अहिले पनि यो चर्को गर्मीमा आन्दोलनमा छन् । म यो सरकारको यस विषयप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’
साथै उनले विद्यालय शिक्षा विधेयक वार्ता गरेर, छलफल गरेर छिटो भन्दा छिटो समाधान गर्नुपर्ने बताए । उनले सबै भन्दा ठूलो मागको रुपमा अगाडि सरिएको यो शिक्षा विधेयक अग्रगामी विषयवस्तु एजेण्डासहित पारित गर्न सरकारलाई आग्रह गरे ।
उनले भने, ‘भविष्यका कर्णधारहरुको अध्ययनलाई अलपत्र पार्ने गरी, अन्योलग्रस्त हुनेगरी आन्दोलनप्रति वेवास्ता गर्ने होइन । वार्ता, छलफल गरेर समस्याको छिटो भन्दा छिटो समाधान गर्नुपर्दछ । खासगरी अहिले सबैभन्दा ठूलो मागको रुपमा अगाडि सरिएको विद्यालय शिक्षा विधेयक पारित हुनुपर्छ ।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा