सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वन क्षेत्रमा निर्माण गरिएको मदन भण्डारी पार्क पिकनिक जानेहरूका लागि रोजाइमा पर्दै गएको छ ।
पार्कमा पिकनिक खान जानेहरुको सङ्ख्या बाक्लै देखिन लागेको छ । जिल्ला सदरमुकाम मन्थलीबाट आधा घण्टाको दुरीमा रहेको पार्कमा मन्थलीको गर्मी छल्न जाने मानिसहरू बाक्लै देखिन लागेका छन् ।
यसको साथै खाँडादेवी मन्दिर दर्शन गर्न जाने मानिसहरू पनि पार्क घुम्न र पिकनिकको लागि जाने गरेका खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलले बताए ।
सल्लेनी सामुदायिक वनको खालि जग्गामा बनेको सो पार्क निर्माणको लागि सुरुमा खाँडादेवी गाउँपालिकाले १० लाख रुपैँया विनियोजन गरेर डीपीआर गरेको थियो ।
पति रामेछापका कैलाशप्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा सो पार्क निर्माणको लागि प्रदेश सरकारले ५० लाख रुपैँया विनियोजन गरेको थियो । सोही बजेटबाट शौचालय, कम्पाउण्ड निर्माण, मदन भण्डारीको प्रतिमा स्थापना लगायतका काम भएका छन् ।
यसका साथै सो पार्कमा पिकनिक स्पोर्टको लागि वडा कार्यालय र गाउँपालिकाले खानेपानी, किचन लगायतका व्यवस्था पनि मिलाइएको छ । जिल्ला वन कार्यालयसँग समन्वय गरी पोखरी निर्माणको काम गर्ने पौडेलले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाबाट विनियोजन भएको १५ लाख रुपैँयाबाट थप निर्माणको काम हुने पौडेलले बताए । ‘यो आर्थिक वर्ष भित्र यसलाई खाँडादेवीको एउटा रमणीय पर्यटकीय स्थल बनाउँछौँ’, पौडेलले भने ।
पिकनिक स्पट मात्र होइन मन्थली पुगेकालाई घुम्ने थलो पनि पार्क बनेको छ । सल्लाको वन भित्र रहेको पार्क प्राकृतिक हिसाबले पनि निक्कै मनोरम छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा