सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल शिक्षक महासंघले हाल जारी राखेको आन्दोलन राज्यको शिक्षा प्रणालीप्रतिको संवेदनहीनता र शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति देखिएको अमैत्री व्यवहारविरुद्ध रहेको स्पष्ट पारेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत जारी सन्देशमा आन्दोलनको उद्देश्य शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक विधेयक ल्याउन राज्यलाई बाध्य पार्नु रहेको बताएका छन्। सुवेदीका अनुसार, राज्यले ‘अग्रगामी विद्यालय शिक्षा ऐन’ ल्याउन आलटाल गर्ने प्रवृत्तिविरुद्ध यो आन्दोलन भइरहेको हो।
“हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग छ,” सुवेदीले लेखेका छन्, “अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षड्यन्त्रविरुद्ध छ। त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यहीअनुकूल हुनुपर्छ।”
अध्यक्ष सुवेदीले आन्दोलनरत शिक्षकहरूलाई अनुशासन र संयमका साथ सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। आन्दोलन शान्तिपूर्ण र संगठित रहनुपर्नेमा जोड दिँदै उनले सहभागी शिक्षकलाई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलनस्थलमा उपस्थित रहन विशेष आग्रह गरेका छन्।
महासंघको भनाइअनुसार, आन्दोलन राज्यलाई शिक्षा क्षेत्रप्रति गम्भीर बन्न बाध्य पार्नका लागि हो। महासंघले लामो समयदेखि शिक्षासम्बन्धी नीति र कानुनमा सुधारको माग गर्दै आएको छ, तर सरकारको उदासीनताले गर्दा शिक्षकहरू पुनः आन्दोलनमा जान बाध्य भएको बताइएको छ।
यसअघि पनि शिक्षकहरूले विभिन्न चरणमा आन्दोलनमार्फत आफ्ना मागहरू अघि सारेका थिए। तर, ठोस कार्यान्वयन नहुँदा अहिलेको चरण थप निर्णायक बन्न सक्ने सम्भावना छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा