सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ०८ अङ्कले बढेर २ हजार ६५८ दशमलव ०२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३०८ वटा कम्पनीका १ करोड ९७ लाख कित्ता शेयर ७ अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै न्गादी ग्रुप पावर लिमिटेडको ७० करोड ३४ लाखको शेयर किनबेच भयो ।
आज विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा लगानी समूहको शेयर साढे २ प्रतिशतले उकालो लागेको छ ।
यसदिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा