सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले हालै ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर भ्रष्टाचारको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेको तामाङले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा २० करोड रुपैयाँको ‘डिल’ गरेको प्रमाण फेला परेको दाबी गरेका छन्।
उनको भनाइ अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तामाङलाई यही कारण राज्यमन्त्री पदबाट हटाइएको हो।
२० करोड डिलको प्रमाण भेटियो:
तामाङले राष्ट्र बैंक गभर्नर नियुक्तिमा चलखेल गर्दै २० करोडको लेनदेनको प्रयास गरेको बस्नेतको दाबी।
कुलमान घिसिङसँग अर्बौंको ठेक्का सेटिङ:
पूर्वप्राधिकरण प्रमुख कुलमान घिसिङसँग मिलेर ठेक्कापट्टामा अनियमितता गरेको आरोप।
२० भन्दा बढी योजना कालोसूचीमा:
तामाङको संलग्नतामा रहेका योजनाहरूमा ठेक्का लिएर काम अधुरो छाडिएको र सरकारी स्रोतको दुरुपयोग गरिएको आरोप।
🗣 बस्नेतको स्टाटसको अंश:
भ्रष्टाचार विरुद्ध आवाज उठाऔं — पारदर्शिता र जवाफदेहिता बडाऔं
ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुर– जसको नाममा २० भन्दा बढी योजना कालोसूचीमा छ । सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ ।
ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौंको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ । अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो ।
तर जो चोर उसकै ठूलो स्वर भने झैं अचेल कान्छाराम मिडियामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटङ्की गरिरहेको छ । याद गरेसः एमालेको पङ्क्तिको हातमा पनि दही जमेर बसेको छैन । अब समय आयो । भ्रष्ट र बेइमानहरूको पर्दाफास गरौँ । इमान्दार नेतृत्व र युवा पुनर्निर्माणको लागि प्रधानमन्त्रीज्यूले चालेको कदम सँगै उभियौँ । साथ दिऊँ, परि आए ज्यान दिऊँ
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा