सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट बर्खास्त गरेका छन्। बारम्बारको आग्रहपछि पनि राजीनामा नदिएपछि प्रधानमन्त्रीले बुधबार तामाङलाई पदमुक्त गरेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तामाङको बर्खास्तीको औपचारिक निर्णय गरेका छन्।
तामाङ सन् २०२४ को साउन १८ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका थिए। उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट नेता मानिन्छन्। उर्जामन्त्री दीपक खड्कासँग लामो समयदेखि समन्वयमा समस्या देखिएको भन्दै कांग्रेसभित्रकै केही समूहले पनि तामाङलाई राजीनामा दिन दबाब दिँदै आएका थिए।
कुलमान घिसिङ हटाउने निर्णयप्रति असहमति
तामाङको बर्खास्ती पछाडि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइको प्रकरण मुख्य विषयको रूपमा उठिरहेको छ। उर्जामन्त्री दीपक खड्काले घिसिङलाई कार्यकाल नसकिँदै हटाउने निर्णय गरेपछि राज्यमन्त्री तामाङले त्यसमा खुलेर असहमति जनाउँदै आएका थिए।
“चार महिनामात्र कार्यकाल बाँकी भएको अवस्थामा घिसिङलाई हटाउनु अन्यायपूर्ण हुन्छ। उनीलाई बाँकी समयसम्म काम गर्न दिनुपर्छ भन्ने मेरो धारणा थियो,” तामाङले अघिल्ला सार्वजनिक कार्यक्रममा समेत स्पष्ट रूपमा बताएका थिए।
तामाङको बर्खास्तीले कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा पनि प्रभाव पार्ने विश्लेषण गरिएको छ। सभापति देउवा निकट नेताको हटाइले कांग्रेसभित्र मन्त्रिपरिषदमा सहभागिता र निर्णय प्रक्रियामा असन्तुलन सिर्जना हुने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा