सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो अभिव्यक्ति, निर्णय र काम मार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले सरकारको कमि कमजोरीहरु सच्चाउदैँ काङ्ग्रेस, एमालेबीच भएको सहमतीको आधारमा उद्देश्य प्राप्त गर्न अगाडि बढ्नु पर्ने भन्दै सरकारले काम मार्फत जनताको विश्वास जित्नु पर्ने बताए ।
उनले भने, ‘सभापतिले पनि भन्दै आउनुभएको छ र उहाँकै तर्फबाट भन्न चाहान्छु । पहिलो कुरा सरकारको कमि कमजोरीहरु सच्चाउनु छ । काम गर्ने कुरामा कतै तलमाथि भएको छ भने त्यो शैली बदल्नु छ । तर काङ्ग्रेस, एमालेबीच भएको सहमतीको आधारमा हामी जहाँ जानलाई, जे उद्देश्य प्राप्त गर्नको लागि सहमती गरेका छौ । त्यसमा दाँया बाँया हुदैँन् । यसको मतलब राम्रो कामलाई सुधार गर्दै लाने, सरकार सञ्जाललाई राम्रो बनाउदैँ जाने । प्रधानमन्त्रीलाई पनि हामीले भनेका छौ, हामीले आम नागरिकको मानसिकतालाई बुझेर समस्या सम्बोधन हुने गरि हाम्रो अभिव्यक्ति, निर्णय र काम मार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउदै विश्वासको वातावरण निर्माण गर्नुपर्छ ।’
यस्तै, उनले काङ्ग्रेस र एमालेको बीचमा भएको समझदारीको काममा ढिला भएको भन्दै अब चाँडै एउटा कार्यदल बनाएर अगाडि बढ्ने बताए ।
उनले भने, ‘संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने कुरामा काङ्ग्रेस र एमालेको बीचमा एउटा समझदारी भएको छ । तर त्यो काममा ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन । अब चाँडै नै भएको सहमतिको आधारमा पहिला कांग्रेस र एमालेको बीचमा एउटा कार्यदल बनाएर, कार्यदलले दुई दलको बीचमा आन्तरिक छलफल गरेर आधार तयार गर्ने र त्यो आधारको जगमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र संसद्मा रहेका अन्य दलहरूसँग संवाद गर्ने ।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा