सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका प्रसिद्ध पूर्वफुटबल खेलाडी रोबर्टो कार्लोसबीच मंगलबार काठमाडौंस्थित सिंहदरबारमा भेटघाट भएको छ।
ब्राजिलको राष्ट्रिय टोलीबाट २००२ मा विश्वकप जितेका कार्लोस नेपाल सुपर लिग (एनएसएल) सिजन २०२५ को विशेष अतिथिको रूपमा नेपाल आएका हुन्। एनएसएलको तेस्रो संस्करणको खेल हेर्न नेपाल आएका उनले बुधबार दशरथ रंगशालामा दोस्रो क्वालिफायर खेल अवलोकन गर्ने कार्यक्रम तय भएको छ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले कार्लोसको नेपाल आगमनले नेपाली खेलकुद क्षेत्र, विशेष गरी युवा खेलाडीहरूलाई ठूलो उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनले नेपाल र ब्राजिलबीचको सुदृढ कूटनीतिक सम्बन्ध उल्लेख गर्दै खेलकुदमार्फत दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ हुनेमा जोड दिए।
प्रधानमन्त्री ओलीले कार्लोसलाई माउन्टेन फ्लाइट र चितवनको जंगल सफारीको अनुभव लिन पुनः नेपाल भ्रमण गर्न आमन्त्रण समेत गरेका छन्।
स्वागतप्रति आभार व्यक्त गर्दै कार्लोसले नेपाली प्रधानमन्त्री, खेलाडी र युवाहरूसँग भेटघाट हुन पाएकोमा खुसी व्यक्त गरे। उनले नेपाली फुटबलको प्रगतिको कामना गर्दै भविष्यमा पनि सहयोग र सहभागिता जनाउने प्रतिबद्धता जनाए।
५२ वर्षीय रोबर्टो कार्लोसले ब्राजिलको तर्फबाट तीन पटक विश्वकप खेलेका थिए। उनले लामो समयसम्म रियल मड्रिड क्लबमा पनि खेलेका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा