सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै विकास बैंकहरूबीच सबैभन्दा कम कोष लागत रहेको बैंकका रूपमा उदाएको छ।
बैंकका अनुसार २०८१ साल चैत मसान्तसम्म बैंकको कोष लागत (Cost of Fund) ५.०४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.६२ प्रतिशत थियो। कोष लागतमा आएको गिरावटले बैंकको आधारदरमा समेत प्रत्यक्ष असर परेको छ। अहिले बैंकको आधारदर ७.१४ प्रतिशतमा झरेको छ, जुन प्रायः विकास बैंकहरूको तुलनामा निकै कम हो।
बैंकले कोष लागत र आधारदर घट्दा ऋणीहरूलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन सकिने जानकारी दिएको छ। यसले बैंकप्रति ग्राहकहरूको आकर्षण अझ बढ्ने विश्वास गरिएको छ।
यसका साथै, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोषको मापदण्डभन्दा उच्च पूँजी अनुपात कायम राख्दै बैंकले पूँजी संरचनामा समेत सबलता देखाएको छ। हाल महालक्ष्मी विकास बैंकको पूँजी कोष अनुपात १५.७५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १२.७५ प्रतिशत थियो।
बैंकले ग्राहक सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीतिअनुरूप हालै नयाँ मोबाइल एप्लिकेसन ‘महालक्ष्मी स्मार्ट साथी’ सार्वजनिक गरेको छ। डिजिटल बैंकिङ सुविधालाई अझ प्रभावकारी र सुरक्षित बनाउन बैंकले निरन्तर नवप्रवर्तन गर्दै जाने जनाएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा